१० चैत्र २०८१, सोमबार | Tue Mar 25 2025

एमाले नेता बसन्त नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौँ लगिँदै




झापा- नेकपा एमालेका नेता तथा सांसद बसन्त नेम्वाङ अकस्मात बिरामी भएपछि उनलाई ताप्लेजुङबाट काठमाडौँतर्फ ल्याइएको छ । नेम्वाङ पार्टी बैठकका लागि ताप्लेजुङ पुगेका थिए। उनी नेकपा एमालेका ताप्लेजुङ इन्चार्ज हुन् ।

उनी सुगर र प्रेसरका बिरामी हुन् । बुधबार बिहान ताप्लेजुङमा साढे ११ बजेतिर बिरामी परेर शरीरको एक भाग नचल्ने भएपछि उनलाई काठमाडौँतर्फ लगिएको हो ।

बिरामी भएपछि सुरुमा ताप्लेजङ जिल्ला अस्पताल लगिएका नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौँतर्फ लगिएको हो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार ००:००  २ : २९ बजे