७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

बिर्तामोडका १५ हजार पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप



बिर्तामोड-पशुजन्य रोग लम्पी स्किन बढेपछि झापाको बिर्तामोड नगरपालिकाले पशु चौपायामा खोप लगाउन सुरु गरेको छ ।

नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले किसानका घर–घरमा पुगेर लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले वडा तहमा १० जना पशु प्राविधिकको टोली परिचालन गरेको छ ।

किसान समेतको लागत सहभागितामा खोप अभियान सञ्चालन गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले बताइन् ।

बिर्तामोड नगरपालिकामा लम्पी स्किनको संक्रमणबाट २५ सय भन्दाबढी पशुचौपाया प्रभावित भएका छन् । अहिलेसम्म छ वटा पशुचौपाया मरेको पशुपंक्षी विकास शाखाले जनाएको छ ।

नगर क्षेत्रभित्रका १५ हजार पशु चौपायामा खोप लगाउने गरी नगरपालिकाले अभियान सुरु गरेको हो । त्यसका लागि नगरपालिकाले करिव १७ लाख रुपैयाँ खर्चिने जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार ००:००  ९ : ०१ बजे