अमेरिकाका राष्ट्रपति जो बाइडेन एउटा कार्यक्रमस्थलमै लडेका छन् । बिहीवार कोलोराडोमा आयोजिक एक कार्यक्रमस्थलमा बाइडेन लडेका हुन् ।
एयर फोर्स एकेडेमीको दीक्षान्त समारोहमा सहभागी भएका बाइडेनले मन्तव्य दिएर आफ्नो सिटतर्फ फर्किने क्रममा लडेका बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका अनुसार उनी बालुवा भरिएको कालो रंगको झोलामा खुट्टा अड्किएर लडेका थिए ।
ह्वाइट हाउसले बाइडेन ठीक रहेको र कुनै चोट नलागेको स्पष्ट पारेको छ ।