७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

एमालेको सचिवालय बैठक बस्दै



झापा-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि आकस्मिकरूपमा एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । गएराति साढे १ बजे नेता नेम्वाङको हृदयघातका कारण निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार ००:००  ९ : ३१ बजे