इटहरी- जिल्ला प्रशासन कार्यालय सुनसरीमा मिटरब्याजीविरुद्ध २४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेपछि ती उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
वैशाख १७ गते उजुरी आह्वान गरिएको थियो । जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरब्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।
प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकोमा थियो । उजुरीमा दुई जना जनप्रतिनिधि पनि मुछिएका छन् ।
इनरुवा नगरपालिका ६ का वडाध्यक्ष सुमन थापा र कोशी गाउँपालिका १ का वडा अध्यक्ष सोभितनारायण यादवविरुद्ध उजुरी आएको हो ।