१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काेसीमा अख्तियारद्वारा छानबिन सुरु



मोरङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित कोसी अस्पतालमा छानबिन सुरु गरेको छ । अस्पतालले गरेका पछिल्ला केही निर्णयमाथि आयाेगकाे इटहरीस्थित कार्यालयले अनुसन्धान प्रारम्भ गरेको हो।

इटहरी स्थित कार्यालयका प्रमुख सहसचिव सुरेश न्यौपानेले कोशी अस्पतालका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । मूलत बिना मूल्याङ्कन सरकारी भवन भत्काएको विषयमा अख्तियारको अनुसन्धान केन्द्रित छ ।

आफू निकटका व्यक्तिलाई कर्मचारीमा नियुक्ति दिइएको, विज्ञापन नै नगरी ३८ जनालाई नियुक्ति गरिएको लगायतका विषयमा पनि अख्तियारले छानबिन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार ००:००  ९ : ०८ बजे