१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

लेटाङ कानेपोखरी सडक खण्डमा सवारी दुर्घटना : दुई जनाको मृत्यु



झापा– लेटाङ कानेपोखरी सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ लेटाङ कानेपोखरी सडक खण्डको फायरलाइन क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटनामा प्रदेश १-०२-००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १-०२-०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक सागर तामाङसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक तामाङको घटनास्थलमै मृत्यु भएको र टेम्पोमा सवार अन्दाजी नाै वर्षीया नामथर वतन नखुलेकी बालिकाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हाे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार ००:००  ११ : ०५ बजे