बिर्तामोड– वीरता जेसीजले सवारी चालकलाई सम्मान गरेको छ । झापाको बिर्तामोड बसपार्कमा मंगलबार बिहान आयाेजित कार्यक्रमका बीच चार जना चालकलाई सम्मान गरिएको हो ।
आठाैँ दुर्घटना न्यूनीकरण महाअभियान अन्तरगत चालकलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष घनश्याम चाैधरीले बताए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्याैपाने, महाअभियानका परिकल्पनाकार मदनगाेपाल सुब्बा लगायतले चालकलाई दाेसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका छन् ।