झापा-सम्पत्ति शुद्धिकरण मुद्दामा माओवादी नेता रेवतराज पुरी दोषी ठहर भएका छन् । विशेष अदालतले पुरी र उनकी श्रीमती केसाभतीलाई दोषी ठहर गरेको हो।
मुद्दा दायर भएको तीन वर्षपछि विशेष अदालतले पुरी दम्पतिलाई ४ करोड ३ लाख ३४ हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ। सम्पत्तिबाट बिगो बराबरको सम्पत्ति जफत हुने समेत विशेष अदालतको ठहर छ।
सम्पत्ति शुद्धिकरण मुद्दामा सम्पत्ति शुद्धिकरण विभागले पुरी दम्पतिसहित ६ जना विरुद्ध २०७७ माघ २१ गते मुद्दा दायर गरेको थियो ।