१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिरोमा पुरिएर एक जनाको मृत्यु, छ जना वेपत्ता



हटौँडा- मकवानपुरको सिक्रेनीमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ। अरु छ जना वेपत्ता भएका छन् । मृतकको नाम खुलेको छैन् ।

गएराति सात जनालाई पहिरोले पुरेको थियो । पहिरोले पुरेकामध्ये एक जनालाई गएराति नै उद्धार गरिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हराइरहेका छ जनाको खोजी भइरहेको छ । घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । अहिले घटनास्थलमा मकवानपुर र काभ्रेका प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ९ : २० बजे