१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मुख्यमन्त्री थापाद्वारा कोइराला र पुष्पलालको शालिकमा माल्यार्पण



मोरङ- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण गरेलगत्तै प्रजातान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठ र कृष्णप्रसाद कोइरालाको अर्धकदको शालिकमा माल्यार्पण गरेका छन् ।

पुष्पलाल श्रेष्ठ कम्युनिष्ठ पार्टीको सूत्रधार तथा जन्मदाता हुन् भने कृष्णप्रसाद कोइराला प्रजातन्त्र प्राप्तिका लागि राणा विरुद्ध आन्दोलन गर्ने कमान्डर हुन् ।

वुधवार साँझ ५ बजे प्रदेश प्रमुख कार्यालय विराटनगरमा सपथ ग्रहण कार्यक्रम सकिए लगत्तै मुख्यमन्त्रीले बरगाछी चौकमा रहेको कृष्णप्रसाद कोइराला र पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको अर्धकदको मूर्तिमा फुलमाला लगाएर माल्यार्पण गरेका हुन् ।

कोशी प्रदेशमा कांग्रेसले पहिलो पटक नेतृत्व लिएपछि मुख्यमन्त्री थापाले प्रजातान्त्रिक आन्दोलनका दुवै नेतालाई स्मरण गरेका हुन् ।

प्रजातन्त्र ल्याउन दुवैको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै थापाले भने, ‘हाम्रो लागि दुवै नेताप्रति उच्च सम्मान र सद्भाव छ ।’

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ४ : ३८ बजे