१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापा प्रहरीद्वारा बाल यौन दुरुपयोग मुद्दाका अपराधी पक्राउ



भद्रपुर-जिल्ला प्रहरी कार्यालय झापाले अलग-अलग दुईवटा मुद्दाका फरार अपराधीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बुद्धशान्तिका मनकुमार राई र सुरेन्द्र तामाङ रहेका छन् ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार राई बालयौन दुरुपयोग मुद्दाका फरार अपराधी हुन् ‌‌। राईलाई अदालतले ६ महिना कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

तामाङ भने लागुऔषध मुद्दाका फरार अपराधी हुन् ‌। झापा जिल्ला अदालतले उनलाई एक वर्ष कैद सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले दुई फरार अपराधीलाई पक्राउ गरेको र अदालतको आदेश बमोजिम कारागार चलान गरिएको प्रहरी प्रवक्ता डीएसपी रिजालले बताए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार ००:००  ९ : ५४ बजे