झापा-तपस्वी रामबहादुर बम्जनविरुद्ध प्रहरीमा थप दुईवटा जारी परेका छन् । उनीविरुद्ध बारामा हत्या अपहरण तथा बेपत्ता सम्बन्धी जारी दर्ता भएको प्रहरीले जनाएको हो ।
बाराका एसपी सुरेश काफ्लेले घटनाको पुष्टि गर्दै उनीविरुद्ध थप मुद्दा दर्ता भएको जानकारी दिए । बम्जनले स्थानीय सुरेशकुमार आलेलाई बेपत्ता बनाएको आरोप छ ।
३४ वर्षीय आलेका परिवारले उनलाई अपहरणपछि बेपत्ता बनाएको भन्दै अनुसन्धान गर्न प्रहरीमा जारी दर्ता गरेका हुन् । २०७२ जेठपछि आले सम्पर्कविहीन छन् ।
सर्लाहीको बागमती नगरपालिका घर भएकी रीता बोटको हत्याको आरोप पनि बम्जनमाथि लागेको छ । पछिल्लो जाहेरीका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको एसपी काफ्लेले जानकारी दिए ।


















