१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

कनकाई १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन



बिर्तामोड- झापाको कनकाई १ का पूर्व वडाध्यक्ष रोशन पोखरेलको निधन भएको छ । आइतवार बिहान ५२ वर्षको उमेरमा पोखरेलको निधन भएको हो ।

मिलनसार स्वभावका धनी पोखरेल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । २०७४ को स्थानीय तह निर्वाचनमा पोखरेल कनकाई १ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

मुखको क्यान्सर भएपछि उनको राजनीतिक सक्रियता घट्दै गएको थियो । यद्यपि, नगरमा आफ्नो प्रभाव राख्ने वडाध्यक्षका रुपमा उनले जन सेवाका काम गरेको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रकाशित मिति : ७ श्रावण २०८०, आइतबार ००:००  ११ : ०९ बजे