१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

असाेज ३ गते देशव्यापी प्रदर्शन गर्ने राप्रपा नेपालको निर्णय



झापा-राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । साेमबार बसेको पार्टीको समीक्षा बैठकले राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको हो ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्न लागेको जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले गणतान्त्रिक व्यवस्थाले मुलुकमा भ्रष्टाचार संस्थागत भएको जनाउँदै यसविरुद्ध सडक संघर्ष गर्नुपर्ने बेला आएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार ००:००  ६ : ३५ बजे