१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

अलैँची नीति बनाउने विषयमा ध्यानाकर्षण



बिर्तामोड-नेपाल अलैँची व्यवसायी महासंघले ‘अलैँची नीति’ बनाउन माग गरेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयको सह सचिव सवनम सिवाकोटीसँगको भेटमा महासंघले आफ्नो माग दोहोर्याएको हो ।

महासंघका अध्यक्ष निर्मल भट्टराईले तीन तहका सरकार भए पनि कुनैले अलैँची नीतिका विषयमा नसोचेको बताए । सरकारी उदासीनताका कारण नीति, नियम र कानुन बन्न नसकेको अध्यक्ष भट्टराईको गुनासो छ ।

व्यवसायीसँगको भेटमा सहसचिव सिवाकोटीले अलैँची किसान र व्यवसायीका समस्याका विषयमा छलफल गरी टुंगोमा पुग्न आफूहरु तयार रहेको जनाउँदै अलैँची नीति बनाउने आश्वासन दिएकी छन् ।

व्यवसायीहरुका अनुसार विश्व बजारमा नेपाली अलैँचीको माग उच्च छ । भारत लगायत तेस्रो मुलुकमा अलैँची निर्यातबाट नेपालले बर्षेनि १० अर्बको हाराहारीमा विदेशी मुद्रा आर्जन गर्दै आएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार ००:००  ७ : ४८ बजे