विराटनगर : बुधबार अपरान्ह विराटनगर महानगरपालिका–७ सातघुम्तीस्थित कवाडीमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने एकजना पुरुषको पहिचान खुलेको छ ।
घटनास्थलमै थप एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पहिचान खुल्न बाँकी छ ।
आगलागीमा परी घाइते भएका पाँच जना मध्ये एक पुरुषको उपचारका क्रममा विराटनगरको न्यूरो हस्पिटलमा मृत्यु भएको छ ।
घाइते हुने अन्य व्यक्तिहरुमा विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान, ३० बर्सिया पींकी कामत र ६० बर्सिया अजिता सरदार रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन कुमार दाहालले जानकारी दिए ।
घाइतेहरु मध्ये सुशीला र अजिताको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते सवैको उपचार न्यूरो अस्पतालमा भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगलागी भएको जानकारी गराएको ४५ मिनेटपछि मात्रै विराटनगर महानगरपालिकाको दमकल आइपुगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।