१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाको बुद्धशान्तिमा आमा छोरीद्वारा आगो लगाएर आत्मदाह



बिर्तामोड– झापाको बुद्धशान्ति गाउँपालिका-२ गोपालडाँडा घलेगाउँकी माया रम्तेलले शुक्रबार राति शरीरमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाएकी छन् ।

२८ वर्षीय रम्तेलले घरायसी समस्याका कारण छोरी ५ वर्षीय वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रम्तेलले शरीरमा आगो लगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले घाइते आमाछोरीलाई उपचारका लागि वीएण्डसी अस्पताल भर्ना गरेको छ ।

प्रहरीका अनुसार शरीरको सबै भाग जलेकी मायाको अवस्था गम्भीर छ । पाँचवर्षीय बालिका भने सामान्य बोल्न सक्ने अवस्थामा छिन् ।

घटनास्थलमा सुसाइड नोट फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमानले बाहिरी महिलाहरूसँग सम्बन्ध बनाएकाले आफूले आत्महत्या गरेको लेखिएको छ ।

मायाका श्रीमान राजन बिक ज्याला मजदूरी गर्छन् । फर्किँदै गर्दा उनलाई प्रहरीले गएराती नै नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ००:००  ९ : १९ बजे