१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

३१ अर्ब ऋण तिरेर आयल निगम १८ अर्व रुपैयाँ नाफामा



झापा– नेपाल आयल निगमले गएको एक आर्थिक वर्षमा ३१ अर्ब बक्यौता र ऋण तिरेर १८ अर्ब रुपैयाँ नाफा कमाएको छ । पेट्रोलियम पदार्थको व्यापार गरेर निगमले एक वर्षमा १८ अर्ब रुपैयाँ नाफा कमाएको हो ।

अघिल्ला दुई वर्षदेखि निगम घाटामा थियो । तेल खरिद गरेबापतको रकम भुक्तानी गर्न निगमले जग्गा धितोमा बैङ्कबाट ऋण लिएको थियो ।

निगम पछिल्लो १० महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि तेल खरिद गरेको भुक्तानी तिरेर नाफा कमाउन सफल भएको हो ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबार गरेर एक वर्षमा १८ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार ००:००  ७ : ४७ बजे