झापा-सञ्चालन खर्च धान्न नसकेपछि झापाका तीनवटा सिमेन्ट उद्योग बन्द भएका छन् । बढ्दो वित्तीय सङ्कटको मारमा परेपछि ती उद्योगको उत्पादन बन्द भएको हो ।
उत्पादनले खर्च धान्न छोडेपछि मेचीनगरमा रहेको सनराइज सिमेन्ट उद्योग गत जेठ महिनादेखि बन्द अवस्थामा छ । अरु दुईवटा उद्योग पनि नियमित सञ्चालनमा छैनन् ।
सिमेन्ट उद्योग बन्द भएपछि त्यसको प्रत्यक्ष असर श्रमिकको रोजगारी र सरकारी राजस्वमा परेको छ । आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेले उद्योग बन्द हुँदा राजस्व संकलन प्रभावित भएको बताए ।


















