बिर्तामोड– झापाको सहकारी अभियानमा करिब ७० अर्ब पूँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी संघले बुधबार २५ औँ वार्षिक साधारण सभामा याे तथ्याङ्क सार्वजनिक गरेको हो ।
झापाको बिर्तामोडमा आयाेजित साधारण सभामा बाेल्दै संघका अध्यक्ष गणेश ढकालले सदस्यहरुको आयआर्जन लगायतका कार्यक्रममा करिब ७० अर्ब रुपैयाँ परिचालन भएको बताए ।
संघका अनुसार झापामा १५ हजार जना सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिमा क्रियाशील छन् ।