१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीमान अर्कातिर लागेपछि शरीरमा आगो लगाएकी महिलाको मृत्यु



बिर्तामोड-शरीरमा पेट्रोल खन्याएर आफैँलाई आगो लगाएकी झापाको बुद्धशान्ति-२ गोपाल डाँडा घलेगाउँकी माया रम्तेलको मृत्यु भएको छ ।

२८ वर्षीय रम्तेलले फागुन ४ गते घरायसी समस्याका कारण छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर आगो लगाएकी थिइन् ।

स्थानीयको सहयोगमा उद्धार गरिएका आमा छोरीको उपचारका क्रममा मृत्यु भएको हो । घटनाको भोलिपल्ट रम्तेलकी ५ वर्षीया छोरीको मृत्यु भएको थियो ।

मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा बुधबार बिहान रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

श्रीमान अर्कै केटीसँग लागेको भन्दै रम्तेलले छोरी बोकेर शरीरमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार ००:००  ११ : १५ बजे