१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

मोटरसाइकलको ठक्करबाट शरणामतीका कार्कीको मृत्यु



बिर्तामोड- मोटरसाइकलको ठक्करबाट सोमवारराति झापाको शरणामतीका शम्भु कार्कीको मृत्यु भएको छ ।

झापा गाउँपालिका-४ स्थित हुलाकी राजमार्गमा शरणामतीबाट कुमरखोद जाँदै गरेको मे ३ प ५९२१ नम्वरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो ।

५५ वर्षीय कार्कीको उपचारका क्रममा राति बिर्तामोडको वीएण्डसी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनापछि प्रहरीले मोटरसाइकल चालक झापा गाउँपालिका-१ का पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ००:००  १२ : ०२ बजे