१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अब स्थानीय तहबाटै मतदाता नामावली संकलन र अद्यावधिक




झापा-निर्वाचन आयोगले अब स्थानीय तहबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । आयोगले कार्यविधिको मस्यौदा तयार गरी नामावली दर्ता र अद्यावधिक कार्यलाई सरल बनाउन लागेको हो –

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यलाई सरल, सहज र नागरिकको पहुँच योग्य बनाउन स्थानीय तहबाट काम गर्न लागिएको बताए ।

कुनै स्थानीय तहले आफ्नो केन्द्र वा वडास्तरबाट नाम दर्ता गर्न इच्छुक भई निर्वाचन कार्यालयमार्फत अनुरोध गरेमा आयोगले अनुमति दिने व्यवस्था गरिएको छ ।

कुनै व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी सम्बन्धित स्थानीय तहबाट जैविक विवरण दिनका लागि आफूलाई उपयुक्त हुने मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८०, बुधबार ००:००  ६ : ३९ बजे