१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कामनाले दियो हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टविन



बिर्तामोड–कामना सेवा विकास बैँक बिर्तामोड शाखाले शनिवार डस्टविन वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत बैँकले हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टविन वितरण गरेको हो ।

समुदायमा वातावरण सरसफाईसहित बैँकका शाखा प्रमुख मोदनाथ गुरागाईंले टोल विकास संस्थाका अध्यक्ष देवराज प्रसाईलाई डस्टविन हस्तान्तरण गरेका हुन् । फोहोरमैला व्यवस्थापनमा सघाउने गरी बैँकले डस्टविन उपलब्ध गराएको कर्मचारी सविना गौतमले बताइन् ।

यसअघि बैशाखमा कामना सेवा विकास बैँकले ट्राफिक प्रहरीलाई रोड डिभाइडर र दुई थान चेतनामूलक बोर्ड प्रदान गरेको थियो ।

बैंकले १६ औँ वार्षिकोत्सवका अवसरमा गत कात्तिक तेस्रो साता झापाको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा सरसफाई गर्दै पाँचथान डस्टविन वितरण गरेको थियो ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार ००:००  ११ : ४८ बजे