१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

याङदेम्वा नेम्वाङको वंशावली विमोचन



बिर्तामोड-याक्थुङ पेभाकुम याङदेम्वा नेम्वाङको वंशावली प्रकाशित भएको छ । लामो खोज अनुसन्धानपछि याङदेम्वा नेम्वाङको वंशावली प्रकाशित भएको हो ।

शनिवार झापाको बिर्तामोडमा आयोजित विशेष समारोहका बीच याङदेम्वा नेम्वाङको वंशावली विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले वंशावली विमोचन गरेका हुन् ।

वंशवृक्ष तथा ऐतिहासिक दस्तावेजको खोज अनुसन्धानका आधारमा वंशावली तयार भएको हो ।

वंशावली विमोचन समारोहमा पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्वाङ, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, लिम्वूवान आन्दोलनका वरिष्ठ नेता बीर नेम्वाङ लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ७ : १० बजे