७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दावी पेश गर्न आह्वान



झापा- कोशी प्रदेशको मुख्यमन्त्रीका लागि चार दिनभित्र दाबी पेश गर्न आह्वान भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १७ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न आदेश दिएको थियो ।

निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले थापाको नियुक्ति बदर गरी आफूलाई नियुक्त गर्न परमादेश माग गरेका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  २ : ३९ बजे