बिर्तामोड-डिभिजन वन कार्यालय झापाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका भद्रपुर–७ का गिरेन कर्मकारको परिवारलाई मंगलवार काजक्रिया खर्च उपलब्ध गराएको छ । पीडित परिवारको घरमा पुगेर वन कार्यालयको टोलीले राहतस्वरुप काजक्रिया खर्च दिएको हो ।
डिभिजन वन कार्यालयकी अधिकृत अञ्जना पुरीले कर्मकारको परिवारलाई काजक्रिया खर्चवापत ५० हजार रुपैयाँ उपलब्ध गराइएको बताएकी छन् ।
वन अधिकृत मेघराज राईले मृतक कर्मकारका कान्छा छोरा सुरेन्द्रलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
१२ असारमा देउनिया खोला उत्तर चिया बगान नजिकै हात्तीको आक्रमणबाट कर्मकारको मृत्यु भएको थियो । हात्तीको आक्रमणबाट मृत्यु भए सरकारले पीडित परिवारलाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउँदै आएको छ ।
काजक्रिया खर्चबाहेक पीडित परिवारले अब नौ लाख ५० हजार रुपैयाँ राहत रकम पाउने वन अधिकृत पुरीले जानकारी दिइन् ।