१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ब्राउन सुगरसहित कमल गाउँपालिकाबाट होटल सञ्चालक पक्राउ



दमक- झापाको कमल गाउँपालिका-३ स्थित क्रिस्टिना होटलमा छापा मारेर प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।

शनिबारराति जिल्ला प्रहरी कार्यालयबाट खटिएको फैसला कार्यान्वयन टोलीले होटल सञ्चालक सरोज थापा र स्थानीय विष्णु खड्कालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थापाको साथमा ३८ ग्राम ब्राउन सुगर फेला परेको छ । लगत्तै घटनास्थलमा प्रहरी चौकी केर्खाको टोली परिचालन गरिएको थियो ।

पक्राउ परेका होटल सञ्चालक थापासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  ८ : ११ बजे