१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

श्रीमान श्रीमतीको एउटै चितामा दाहसंस्कार



बिर्तामोड-झापाको शिवसताक्षीका भट्टराई दम्पत्तिको शनिवार एउटै चितामा दाहसंस्कार गरिएको छ । जीवनयापनका क्रममा भएको आर्थिक संकट व्यवस्थापन गर्न नसक्दा भट्टराई दम्पत्तिले सामूहिक मृत्युको बाटो रोजेका थिए ।

शिवसताक्षी नगरपालिका–११ दुधेका ५९ वर्षीय तेजप्रसाद भट्टराई र उनकी श्रीमती ५२ वर्षीया कमला भट्टराईको एउटै चिता बनाएर दाहसंस्कार गरिएको छ ।

बढ्दो आर्थिक संकटका कारण उनीहरुले भदौ १९ गते राति विष सेवन गरेका थिए । भदौ २० गते कमलाको मृत्यु भएको थियो भने २२ गते तेजप्रसादको मृत्यु भएको हो । दुबैको एउटै चिता बनाएर शनिवार दाहसंस्कार गरिएको छ ।

कनकाई माईको पश्चिम किनारमा शनिबार सतिप्रथाको झल्को दिने गरी एउटा चितामा श्रीमान्–श्रीमती जलिरहेका थिए ।

स्थानीयका अनुसार कमला क्यान्सर पीडित थिइन् । उपचारका लागि खर्च जुटाउन भट्टराई दम्पत्तिले छोरा खगेन्द्रलाई बिदेश पठाएका थिए । तर, छोराले पठाएको खर्चले पनि उपचार गर्न सक्ने अवस्था भएन ।

तेजप्रसादको पनि बाख्रालाई घाँस काट्न रुख चढ्दा लडेर खुट्टा भाँचिएको थियो । भट्टराईले आर्थिक अभावका कारण खुट्टामा लगाएको स्टील पनि निकाल्न सकेका थिएनन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार ००:००  ६ : ३१ बजे