९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा मैनालीको उम्मेदवारी घोषणा



बिर्तामोड- नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले युवा व्यवसायी अर्जुनकुमार मैनालीलाई बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा उमेद्वार घोषणा गरेको छ । बुधवार आयोजित विस्तारित भेलामार्फत नगर कमिटीले मैनालीको नेतृत्वमा चुनावमा जाने औपचारिक घोषणा गरेको हो ।

फागुन १४ का लागि तय भएको निर्वाचनमा मैनालीको नेतृत्वमा चुनावी तयारी थालिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष युवराज निरौलाले बताए । संघको अरु पदमा भने उमेद्वार घोषणा गर्न बाँकी छ ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले मैनालीको नेतृत्वमा व्यवसायिक प्यानल खडा गरेर चुनावमा जाने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार ००:००  ३ : १६ बजे