पोखरा-आगामी माघ ९ देखि आहा रारा पोखरा गोल्डकप हुने भएको छ । आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ति निकालेर माघ ९ देखि २० गतेसम्म प्रतियोगिताको २३ औँ संस्करण सञ्चालन गर्न लागिएको जनाएको हो ।
क्लवका महासचिव रामजी अधिकारीले पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ भन्ने उद्देश्यका साथ प्रतियोगिताको तयारी तीब्र पारिएको बताए । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिताको लागि स्वीकृति दिइसकेको छ ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी हुनेछ ।