९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

सुन तस्करी प्रकरण छानविन गर्न नमान्नु रहस्यपूर्ण : एमाले अध्यक्ष ओली



झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारले निष्पक्ष उच्चस्तरीय संसदीय छानविन समिति बनाउन गरेको आलटाल ‘रहस्यपूर्ण’ भएको बताएका छन् ।

गुरु लुइँटेल स्मृति प्रतिष्ठानले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सुन तस्करी प्रकरणका विषयमा आवाज उठाउँदा सांसदलाई गिरफ्तार गर्ने सरकारी कार्यशैली अनुचित भएको बताए ।

‘एमालेले सुन तस्करी छानविन गर्न समिति बनाउँ भनिरहेको छ । तर, उहाँहरु मान्नु हुन्न’, एमाले अध्यक्ष ओलीले भने, ‘‘प्रतिपक्षले उठेर सुन तस्करी छानबिन भन्नेवित्तिकै सत्तापक्ष जर्‍याकजुरुक उठेर हाहुहाहु गर्न थाल्छ ।’

संसदको समय खेर फाल्नुहुन्न भन्नेमा आफूहरु सजग रहेको जिकिर गर्दै एमाले अध्यक्ष ओलीले चोर उम्काउन नहुने बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ००:००  ७ : ३५ बजे