१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अध्यक्ष जापान भ्रमणमा, उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी



बिर्तामोड-गौरीगञ्ज गाउँपालिकामा उपाध्यक्ष पूजनकुमारी न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ अनुसार अध्यक्ष फूलवती राजवंशीले उपाध्यक्ष न्यौपानेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।

अध्यक्ष राजवंशी एकसाता भन्दा लामो विदेश भ्रमणका लागि जापान गएकी छिन् । जापान जानुअघि उनले जिम्मेवारी तोकेकी हुन् । साउन ३२ देखि भदौ १२ सम्म आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएको उपाध्यक्ष न्यौपानेले बताइन् ।

जाइकाको आयोजनामा हुने कनकाई सिंचाई परियोजना सम्वन्धी कार्यक्रममा सहभागी हुन अध्यक्ष राजवंशी जापान गएकी हुन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार ००:००  ७ : १८ बजे