झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका एकजना प्रदेश सांसद निलम्बित भएका छन् । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवलाई निलम्बित भएका हुन् ।
सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको आरोपमा यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले यादवको उक्त मुद्दाको अन्तिम किनारा नभएसम्म स्वत निलम्बनमा रहने जनाएका छन्।


















