१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बसमा करेन्ट प्रवाह हुँदा तीन जना यात्रुको मृत्यु



झापा-बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा बिहीवार तीन जना यात्रुको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट रोल्पाको दलसिंगे जाँदै गरेको रा १ ख ८३४ नम्बरको यात्रुवाहक बसमा करेन्ट प्रवाह भएको हो ।

कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै पहिरोका कारण रुख ढल्दा लत्रिएको तारबाट करेन्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका ४ दलसिंगेका ७० वर्षीय कालुराम डाँगी, उनका छोरा ३६ वर्षीय टोपीलाल डाँगी र गाडी साहु छत्रेश्वरी गाउँपालिका ६ लान्ती घर भएका ३६ वर्षीय महेन्द्र ओली छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार ००:००  ९ : २७ बजे