१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

प्रधानमन्त्रीले हटाए सचिवालयका १३ कर्मचारी



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सचिवालयका १३ जना कर्मचारी हटाएका छन् । माघ १ गतेदेखि लागू हुने गरी उनीहरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ कर्मचारी हटाइएको हो । हटाइनेमा सवारी चालकदेखि स्वकीय सहसचिवसम्म छन् ‌।

आफ्नो सचिवालयलाई सानो र चुस्त पार्ने प्रधानमन्त्रीको योजना अनुसार ती कर्मचारी हटाइएको जनाइएको छ । यद्यपि, सचिवालयले भने हटाउनुको कारण स्पष्ट पारेको छैन।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार ००:००  ८ : ३१ बजे