९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

अदुवा खोलाले बगाएर वृद्धको मृत्यु



बिर्तामोड-अदुवा खोलाले बगाएर बिहीवार झापाको कचनकवलका एक जना वृद्धको मृत्यु भएको छ । कचनकवल–१ का ८० वर्षीय नरबहादुर राईको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार राई खोलामा नुहाउन पसेका थिए । अहिले साँझ उनको शव भेटिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

राईलाई खोलाले बगाएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ७ : १९ बजे