८ चैत्र २०७९, बुधबार | Wed Mar 22 2023

हराएको सात दिनपछि झापाको जंगलमा मृत भेटिए सहकारीका कलेक्टर



झापा-घरबाट हराएको सात दिनपछि झापाको एउटा सहकारी संस्थाका एकजना कलेक्टर मृत भेटिएका छन् । झापाको मेचीनगर–१० घर भएका ४८ वर्षीय भेषराज खनाल मृत भेटिएको प्रहरीले पुष्टि गरेको हो ।

झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले झापाको हल्दिबारी गाउँपालिका-५ मा रहेको शान्ति सामुदायिक वनमा सखुवाको रुखमा झुण्डिएको अवस्थामा खनालको शव फेला परेको बताए । खनाल माघ २५ गतेदेखि सम्पर्कबिहीन भएका थिए ।

सहकारीको पैसा कलेक्सनको लागि निस्केकोमा हालसम्म पनि सम्पर्कमा नआएको भन्दै भाई तोयानाथ खनालले माघ २६ गते दिएको निवेदनका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले खोजतलास थालेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ००:००  ९ : ३४ बजे