१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापाबाट समातिए फरार दुई अपराधी



बिर्तामोड-अलग–अलग मुद्दाका दुई फरार अपराधीलाई झापा प्रहरीले पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा दमक-१ का खडानन्द भण्डारी र बिर्तामोड-४ का डमरुदास रहेका छन् । भण्डारी बैङकिङ कसुर मुद्दाका फरार अपराधी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उच्च अदालतको इलाम इजलासले २०७८ फागुन २५ मा ५२ वर्षीय भण्डारीलाई १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार दास लागूऔषध मुद्दाका फरार अपराधी हुन् । गत बैशाख १४ गते झापा जिल्ला अदालतले ५६ वर्षीय दासलाई एकवर्ष ६ महिना कैद सजाय र १५ हजार जरिवानाको सुनाएको थियो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले दुवै अभियुक्तलाई अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद सजाय भुक्तानका लागि सोमवार कारागार चलान गरिएको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार ००:००  ६ : ३८ बजे