७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कोसीका २८१ प्रहरीमाथि विभागीय कार्वाही



झापा-कोशी प्रदेशमा गत वर्ष २८१ प्रहरी विभागीय कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०७९÷०८० मा आचरणविपरीत कार्य गर्ने २८१ जना विभागीय कारबाहीमा परेका हुन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कारबाहीमा पर्नेमा चारजना निरीक्षक, एक वरिष्ठ नायब निरीक्षक, ९ नायब निरीक्षक र २६ सहायक निरीक्षक छन् । यसैगरी, १० वरिष्ठ हवल्दार, ६३ हवल्दार र ५२ सहायक हवल्दार कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुमा १०७ जना प्रहरी जवान र ९ जना कार्यालय सहायक छन् । सो अवधिमा प्रदेशमा उत्कृष्ट कार्य गर्ने एक हजार ९५८ प्रहरी पुरस्कृत भएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार ००:००  ८ : ०५ बजे