काठमाडौं । कारले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पोखराबाट तालचोकतर्फ जाँदै गरेको बीएए ००४१ नम्बरको कारले पोखरा आउँदै गरेको ग१३प ३५७८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
कारको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेमजाकी २३ वर्षीय अनिशा खड्का र जीरोकी २४ वर्षीय भावना बराल रहेको प्रहरीले जनाएको छ ।


















