बिर्तामोड-झापाको बिर्तामोड-४ का सुरज शर्माले बालगृहमा आश्रित बालबालिकालाई शैक्षिक र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
तीन वर्षीय छोरा आविष्कार शर्माको जन्मदिन पारेर उनले ती सामग्री बिर्तामोडको तारा नमस्ते बालग्रामलाई हस्तान्तरण गरेका हुन् ।
बालगृहमा आश्रित बालबालिकाका साथमा छोराको जन्मदिन मनाउन पाउँदा खुशी लागेको शर्माले बताए । ‘समाजमा सकारात्मक सन्देश दिने मेरो प्रयास हो’, शर्माले भने, ‘फजुल खर्च भन्दा यही राम्रो लाग्यो ।’
बालग्राममा पुगेर शर्माले त्यहाँकी व्यवस्थापक यशोधा चापागाईँलाई स्वास्थ्य सामग्री, कापी कलम लगायतका सामग्री दिएका छन् । बालग्राममा रहेका २४ बालबालिकाको लागि पहिलोपटक स्वास्थ्य सामग्री प्राप्त भएको चापागाईँले बताइन् ।