७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

सुनसरीका अढाई लाख बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप



इटहरी-सुनसरीमा सोमबारदेखि दादुरा रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । १२ स्थानीय तहमध्ये नौ वटा स्थानीय तहमा अभियान सुरु भएको स्वास्थ्य कार्यालय सुनसरी प्रमुख सागर प्रसाईंले बताए ।

धरान उपमहानगरपालिकामा भने डेंगु संक्रमण फैलिएकाले खोप अभियान तत्काल सञ्चालन गर्न नसकिने स्वास्थ्य कार्यालयको निष्कर्ष छ । ६ महिनाअघि सुनसरीमा दादुराको प्रकोप फैलिएको थियो ।

महामारीका रूपमा दादुरा फैलिएका जिल्लामा पुनः खोप लगाउने सरकारी निर्णय बमोजिम सुनसरीमा पनि खोप अभियान सञ्चालन भएको हो ।

एक सातासम्म चल्ने अभियानमा छ महिनादेखि १५ वर्ष उमेर समूहका दुई लाख ५३ हजार बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ७ : ०६ बजे