झापा- एक वर्षमा एकलाख १० हजार भन्दाबढी विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग वैदेशिक अध्ययन अनुमति लिएर उनीहरु बाहिरिएका हुन् ।
सबैभन्दा बढी विद्यार्थी अष्ट्रेलिया गएको मन्त्रालयले जनाएको छ । ३३ हजार ९९१ जना विद्यार्थीले अध्ययनका लागि अष्ट्रेलिया रोजेको शाखा प्रमुख बासुदेव वस्तीले बताए ।
नेपालबाट विभिन्न १११ देश जानका लागि विद्यार्थीहरुले अनुमति लिएका हुन् । अनुमतिका लागि आवेदन दिएकामध्ये १२ हजार २९७ जनाको आवेदन रद्ध भएको छ ।