झापा– कोसी प्रदेशको नामप्रति असहमति जनाउँदै आन्दोलनरत पहिचानवादी शक्तिहरूले आज प्रदेशसभा घेराउ गर्ने भएका छन् ।
प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादी समूहले विराटनगरस्थित प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरिरहेका हुन् ।
आजदेखि कोसी प्रदेशको बजेट अधिवेशन सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रदेशसभाले फागुन १७ गते कोशी प्रदेश नाम राखेपछि पहिचान पक्षधर असन्तुष्ट भएका छन् । पहिचानका आधारमा प्रदेशको नामाङ्कन गर्नु पर्ने भन्दै उनीहरुले आन्दोलन सुरु भएका हुन् ।
प्रदेशसभाको नामाङ्कनपछि पहिलो पटक आज प्रदेशसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा केही प्रदेश ऐन संशोधन विधेयक पेश हुनेछ ।