१ असार २०८२, आइतबार | Sun Jun 15 2025

फागुन ३० मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी



काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसँग आएका प्रचण्डले यसैसाता विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेकपा एमालेको दरिलो साथ र समर्थनसहित बनेको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी आबद्ध छन् । उनीहरूको संलग्नतामा मन्त्रिपरिषद् विस्तार भइसकेको छ ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले फागुन ३० मा विश्वासको मत लिने जानकारी गराएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अनिवार्य उपस्थित हुन नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ८ : ३९ बजे