१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बीमा सुविधाको दायरा बढाउने तयारी



झापा-स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने तयारी गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी बोर्डले यस्तो जानकारी दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी स्वास्थ्य सुविधाको दायरा बढाउने तयारी भइरहेको जानकारी दिए ।

बोर्डले अहिले पाँच जना सदस्य भएका परिवारलाई वार्षिक ३५ सय याेगदान गर्दा १ लाख रुपैयाँसम्मको सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार ००:००  ७ : ३५ बजे