१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन



बिर्तामोड-कथाकार जनार्दन कट्टेलकाे कथा सङ्ग्रह पाहुनाकाे बिमाेचन गरिएको छ । झापाको बिर्तामोडमा शनिबार आयाेजित समारोहका बीच साहित्यकार मुनाराज शेर्माले कथा सङ्ग्रह बिमाेचन गरेका हुन् ।

नेपाली लेखक संघ झापाको आयोजनामा कार्यक्रम भएको हाे । संघका अध्यक्ष कुमार भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकारहरु लेखनाथ भट्टराई र कर्णबहादुर नेपालीले कथा सङ्ग्रहकाे समीक्षा गरेका छन् ।

बिमाेचन समारोहमा साहित्यकार रश्मिशेखर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संघका सचिव समीरबाबु कट्टेलले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेर्माले साहित्यले समाजलाई जाेड्न सक्नु पर्ने बताउँदै पट्यारलाग्दा कार्यक्रममा मानिसकाे सहभागिता कम हुँदै गएको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार ००:००  १ : २५ बजे