मेचीनगर-झापाको मेचीनगर–८ का सुन्दर किसानको हत्या आफ्नै नातेदार दाजुभाईले गरेको खुलेको छ । प्रहरीले गरेको घटनाको अनुसन्धानले हत्यामा नातेदारको संलग्नता देखिएको हो ।
किसानको शव बिहीवार बिहान घर नजिकै पैनीको झाडीमा फेला परेको थियो । घटनापछि अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले हत्यामा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकालाई आज सार्वजनिक गरिने झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । वडाध्यक्ष गिरीराज धमलाका अनुसार घरायसी आपसी पुरानो विवादका कारण किसानको हत्या भएको हो ।
प्रहरीले रामजी किसान र कुकुरसिंह किसानलाई पक्राउ गरेको छ । उनीहरुले सिक्कलले हानेर किसानको हत्या गरेको प्रहरी दावी छ । घटनाको अनुसनधानका लागि प्रहरीले धरानबाट तालिम प्राप्त कुकुर पनि बोलाएको थियो ।